काठमाण्डौ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
चावहिलस्थित पार्टी कार्यालयमा बसेको पार्टीको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिंदैं पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकले संसदमा छलफल भईरहेको सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदानमा सहभागी हुन संसदीय दललाई निर्देशन दिएको गिरीले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline