किर्तीपुरमा जारी महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

किर्तीपुरमा जारी महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चलको विजयी सुरुवात

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ८ साउन  ।
आजदेखि सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् ।
महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भएको प्रतियोगितामा एपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो ।

मध्यमाञ्चलले दिएको ४० रनको झिनो लक्ष्य एपीएफले ८ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धा्रित १६ ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको हो ।

यस्तै आजै भएको दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टीमलाई ९ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १८ ओभर २ बलमा ३८ रन मात्र बनाउन सक्यो । ३९ रनको लक्ष्य पूर्वाञ्चलले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप २०१६ को एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिता गरिएको हो ।

यसका लागि परिषदले जगत टमटा, सामसनजंग थापा, प्रदीपजंग पाण्डे, सुदीप पौडेल र विनायक पोखरेल रहेको छनौट समिति बनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फिल्डर, व्याट्सवुमन, बलर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी