काठमाण्डौ ,८ साउन ।
लगातारको बर्षा अझै नरोकीदा देशका बिभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्दै गएको छ ।
सप्तरीका बिभिन्न गाविसमा गरी सात सय बढी घर डुवानमा पर्दा स्थानिय समस्यामा परेका छन् ।
राजविराज नगरपालिका ५ का अधिकाशं घर डुवानमा परेका छन् ।तोपा गाविस १ र २ का ५० भन्दा बढी घरमा पानी पसेपछि स्थानिय अलपत्र परेका छन् ।
उनीहरुलाई सुरक्षीत स्थानमा जान आग्रह गरिएको डिएसपि दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै सप्तरीको कजौटि नजिकै स्थानीय खोलाले कटौति गरेपछि जोखिम बढेको छ । तटिय क्षेत्रका कलाटि सगरापुर ,देउरिभरुवा गाविसमा पनि बाढीको जोखि बढेपछि स्थानिय सुरक्षीत स्थानमा सरेका छन् ।
यसैगरी लगातार परेको पानीसंगै नारायणी नदीमा पानीको बहाब बढेपछि सो क्षेत्रमा उच्च सतकर्ता अपनाउन सर्वसाधारणमा अपिल गरिएको छ ।
चेतावनीको संकेत नाघेसंगै नवलपरासीको गण्डक ब्यारेज र त्यस आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताउनु भयो ।
नारायण नदि देवघाट जलमापन केन्द्रमा पानीको सतह ७ दशमलभ २५ मिटर पुगेको जल तथा मौसम बिभाग अन्तरगतको बाढी पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
नदीमा बाढी आएको र पानिको बहाव बढ्दो क्रममा रहेकाले सर्वसाधारणलाई सचेत गराईएको हो ।
उता झापाको कन्काई नदिमा पनि पानीको बहाव बढेपछि नदि आसपास रहेका सर्वसाधारण लाई सुरक्षा सतर्कता अपनाउन पूर्व सुचना जारी गरिएको छ ।
स्थानिय नदिमा पानीको बहाब बढेसङगै विराटनगरको मुख्य बजारमा पनि पानी पसको छ ।