पहिरोका कारण सिन्धुपाल्चोक र नारायणगढ सडकखण्ड अबरुद्ध

पहिरोका कारण सिन्धुपाल्चोक र नारायणगढ सडकखण्ड अबरुद्ध

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,८ साउन ।

लगातारको बर्षका कारण सिन्धुपाल्चोकका बिभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।
अरनिको राजमार्ग अन्तरगत काठमाण्डौ आउने सडकमा पहिरो खस्दा सवारी आवागमन बन्द हुदा यात्रु मारमा परेका छन् । तीन दिनदेखि बाटो अबरुद्ध भएपछि सवारी साधन बिच बाटोमा नै रोकिएका छन् ।

बाटो खुलाउने प्रयास भएपनि पानि परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले कठिन भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
त्यस्तै बाह«बिसेबाट बलेफी जाने सडक पनि अबरुद्ध भएको छ ।
यसैबीच कालिखोलामा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

सोहि सडक खण्डका अन्य क्षेत्रमा पनि बिभिन्न साना पहिरो खसेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सवारी साधन आवतजावत रोकिएको छ ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले धेरै ठाउँमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने बताउनुभयो । मुग्लिन नारायणगढ हुँदै चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न उहाँको आग्रह छ ।
यस्तै दक्षिणकाली हुँदै हेटौंडा जाने सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध छ । अहिले पनि पानी परिरहेकाले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ