सप्तकोशीमा पानीको बढ्यो, २६ वटा ढोका खोलियो

सप्तकोशीमा पानीको बढ्यो, २६ वटा ढोका खोलियो

  • शनिबार, साउन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

विराटनगर, ७ साउन ।
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि २६ वटा ढोका खोलिएको छ ।

पहाडी जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो । आज बिहान साढे ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीमा पानीको बहाव दुई लाख १० हजार ३५ क्युसेक रहेको छ ।

यसैबिच विराटनगरको मुख्य बजार सहित मोरङका बिभिन्न स्थान जलमग्न भएका छन् । त्यस्तै अमरदह, कटहरी, भाथिगछ, बरडंगा गाविसमा राति परेको वर्षाका कारण डुबान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै भोजपुरको तिवारी भञ्ज्याङमा गएको पहिरोको कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । तिवारीभञ्ज्याङ–५ मा भोजपुर–लेगुवा सडकखण्डमा पहिलो खस्दा सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ