जापानमा नेपालीहरूका संख्यामा भएका बृद्दिसंगै संघसंस्था खाेल्ने लहर बढ्यो

जापानमा नेपालीहरूका संख्यामा भएका बृद्दिसंगै संघसंस्था खाेल्ने लहर बढ्यो

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

पूर्वा शेर्पा,जापान , टोकियो

बिश्वकै बिकसित देशहरूका सुचीमा रहेको सुन्दर देश जापानमा रोजगार अध्ययन भ्रमण लगायत बिबिध भिषामा बिभिन्न देशका नागारिकहरू आउने गरेका छन् । नेपालीहरूका लागि पनि जापान प्रमुख गन्तब्य मुलुक बनेको छ । प्रबिधिको उच्चतम प्रयोग गर्ने प्राकृतिक रूपमा समेत सुन्दर देश जापान सहजै रुपमा रोजगारी पाउने भएकाले यहाँ अवसर संगै चुनौती र समस्या हरू पनि छन् ।
नेपाल र जापानबीच सन ज१९५६ जुलाइ २८ देखि कुटनैतिक सम्बन्ध स्थापना भएपछि उल्लेखिय रूपमा जापान भित्रिने क्रम बढेको हो । सन १९८८ मा नेपाल र जापानको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नेपाली एसोसिएसन अफ जापान नामक संस्थाको गठन भएको थियो । यस भन्दा अगाडि नेपाल सरकारले सन १९०२ तिर ८ जना नेपाली बिध्यार्थीहरूलाई अध्ययनका लागि जापान पठाएको थियो ।
सन २००२ मा Japanese university of Alumni association of Nepal  स्थापना भएको  थियो । त्यसपछि सन २००३ सालमा गैरआबसीय नेपालीसंघ NRN स्थापना भई बिबिध सामाजिक कामहरु गर्दै आइरहेको पाइन्छ ।
अहिले आएर जापानमा नेपाली हरुको संख्या ह्वात्तै बडेको छ । सन् २०१४ को तथ्यांक अनुसार जापानमा नेपालीहरुको जनसंख्या ५४,७७५ रहेको छ । जापान आगामनमा बृद्दि संगै जापानको टोकियो लगायत प्रमुख शहरहरुमा बसोबास गर्ने नेपालीहरुमा संघ संस्था स्थापना गर्ने होडबाजी नै चल्न थालेको छ ।

    नेपालबाट पनि बिभिन्न जिल्लाहरुबाट आएका छन् । कसैले टोल समाजको बिकासका समाज ,समुह स्थापना गर्ने गरेका छन् भने कसैले जापानबासी नेपालीहरुको भैपरि समस्या राहत सहयोग गर्न साथै नेपालमा बिकास र बिबिध काम गर्न बिभिन्न नाममा संस्था ,क्लब ,हरु स्थापना गर्दै आइरहेका छन् । त्यस्तै जापानमा रहेका ब्यबसायी,बिध्यार्थी ,महिला ,पत्रकार,कलाकारहरुले समेत आफ्नो पेशागत हकहितका लागि ,प्रबासमा बसेर एकजुट भइ नेपालको शिक्षा,स्वास्थ्य ,यातायात,संचार ,बिधुत लगायतका क्षेत्रमासहयोगरबिकास गर्नजुटिरहेका छन् ।

जापानमा नेपालका बिभिन्न जातजातिका मानिसहरु बसोबास गरिरहेका छन् ।आफ्नो धर्म ,संस्कृति ,परम्परा,संरक्षणकालागि आ(आफ्नो जातिय संस्थाहरु मार्फÞत जापानमा तथा नेपालमा आफ्नो पहिचान झल्काउने बिबिध कार्यक्रम हरु र सामाजिक बिकासका कामहरु गर्दै आइरहेका छन् ।
जापानमा मगर ,राइ,शेर्पा,थकाली,ह्योल्मो,तामाङ ,गुरुङ लगायतका जातिहरुको जातिय संस्थाहरु सकृय रुपमा रहेका छन् ।
जापानमा अग्रणी संस्थाको रुपमा रहेका गैर आवासीय नेपाली संघ NRN जापानले पछिल्लो समयमाआएर प्रशंसानीय गतिबिधिहरु संचालन गरिदै आएको छ । जापानमा रहेका नेपालीहरुलाई आइपर्ने बिभिन्न समस्याहरुलाई राहत पुर्याउने हेतुले ५ करोड राहत कोष अभियान सफलतापुर्बक संचालन गरी ल्च्ल् जापान जापानबासी नेपालीहरुको ढुकढुकी बन्न समेत सफल भएको छ । जापानमा संघ संस्थाहरुले सामाजिक कामहरु गर्दै जादा केही आरोपहरुपनि जनस्तरबाट उठ्ने गरेको पाइन्छ ।

    जनस्तरबाट उठेका केही आरोपहरु निम्न लिखित छन:

१) संघसंस्था स्थापना गर्दा सबैलाई जानकारी नहुनु,सीमित ब्यक्तिहरु भेला भएर संस्थाको न्वारण गर्नु ।
२) धेरै जसो संस्थाहरुले बैशाख १२ र २९ मा नेपालमा गएको बिनासकारी भुकम्पको कारण पीडित नेपालीहरुको राहत एबं सहयोगका लागि सांगितिक कार्यक्रम हरु आयोजना गर्ने ,सोको निर्णयदेखि लिएर कलाकारहरुको भिषा प्रकृया,जापानको एयारपोटमा ओर्ले देखि कार्यक्रम स्थल सम्म पुगेर समापान पछि नेपाल फर्किसकेको भनी समाचारहरुमा सामाजिक संजालमा फैलाउने तर लक्षित कार्यक्रमको लागि कति रकÞम संकलन र कति खर्च भयो संचारमाध्यमहरुमा कमै संस्थाहरुले मात्र सुचना तथा बिबरणहरु दिनु ।
३) प्राय शनिवार र आईतबार बिदाको दिन पारेर धेरैवटा संस्थाहरुले कार्यक्रम आयोजना गर्ने गरेको ,बिभिन्न ब्यक्ति समुहले बिभिन्न उद्देश्यले राहत सहयोग संकलन गर्ने गरेको पाइन्छ । आफ्नो ईज्जत जोगाउन र सम्बन्ध राख्न समेत रकम सहयोग गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना हुनु ।
४) धेरै जसो संस्थाहरुले एकै खाले ईभेन्ट तथा कार्यक्रम हरु आयोजना गर्ने गरेकोले सहभागीहरुलाई कार्यक्रम को बारेमा ध्यान र चासो नहुनु ।
५) एउटै उदेस्यका संस्थाहरु २वा सो भन्दा बढी शहर हरुमा स्थापना हुनु कुन केन्द्र कुन शाखाको रुपमा स्थापना भएको दोधार हुनु ।कमै संस्थाहरु मात्र दर्ता भएको ।
६) कुनै संस्थाका कार्यक्रमहरु उद्देश्य केन्द्रित भन्दापनि ब्यक्ति र संस्थाको नाम कमाउने उद्देश्यले संचालन हुने गरेको पाइन्छ ।
भनिन्छ राम्रो कुरा संगै नराम्रो कुरा नि संगै आउछ । प्रबासमा संघसंस्था स्थापना गरी सामाजिक काम गर्नु सजिलो भने पक्कै छैन तर जनस्तरबाट उठ्ने गरेका उल्लिखित आरोपहरु ,टिकाटिप्पणीहरुलाइ सबैले आत्मासात गरी संस्थाको गलत संदेश गराउने र जापानी माझ हामी नेपालीहरुको आचारण र प्रतिष्ठा माथि अबस्यपनि प्रश्न उठ्न दिनु हुदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी