सरकारले वीर अस्पताललाई ७ सय रोपनी जग्गा दिने

सरकारले वीर अस्पताललाई ७ सय रोपनी जग्गा दिने

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ,७ असार ।

वीर अस्पताललाई भवन निर्माणका लागी सरकारले भक्तपुरको दुवाकोटमा ७ सय रोपनी जग्गा उपलव्ध गराउने भएको छ ।

मन्त्रीपरिषद्को आजको बैठकले वीर अस्पतालको आधुनिक भवन नयाँ स्थानमा बनाउन जग्गा दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

त्यस्तै, मुस्ताङको लोमाथाङ्कामा रहेको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको पनि उहाले बताउनु भयो । मन्त्रीपरिषद्ले राष्ट्रिय अनुसन्धान नीति कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै सरकारले आम सञ्चार नीति पारित गरेसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले अब बिज्ञापन रहित सामाग्रि मात्र प्रसारण गर्नुपर्ने भएको छ ।

स्वदेशी विज्ञापन तथा टेलिभिजनलाई प्रोत्साहन गर्नका लागी विदेशी च्यानल र विज्ञापनलाई क्लिन फिडको नियम लगाउने निर्णय भएको मन्त्री राईले जानकारी दिनु भयो ।

नीति लागू भएमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले अब विदेशी विज्ञापन देखाउन पाउने छैनन् । बैठकपछि सञ्चार मन्त्री राईले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीहरुलाई प्रोत्साहन गर्न नीति लागू गरिएको बताउनुभयो ।
एड्भर्टाइजिङ एशोसिएशन अफ नेपाल ( आन )ले क्लिन फिड नीति लागू गर्न माग गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ