काठमाडौ ,७ साउन ।
देशका अधिकाश भागमा अविरल वर्षासँगै बाढी आउने र बाटो अवरुद्ध भए पछि विभिन्नि भागको जनजीवन प्रभावित भएको छ । बर्षा र बाढीले ठाउ ठाउमा पहिलो जानुका साथै बाटो अबरुद्ध भएका छन् ।
बर्षा आज दिउसो सम्म पनि निरन्तर परेको थियो । राजधानीको बागमति सहित विभिन्न नदीहरुमा पानीको बहाब निकै बढेको छ । कालो पत्रे नभएका सडहमा सवारी साधन चलाउन कठिन भएको छ ।
उता बर्षाले नवलपरासीको परासी बजार डुवानमा परेको छ । नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले बजार डुवानमा परेपछि स्थानीय त्रसित बनेका छन् ।
बाढीमा फसेका दुई दर्जनलाई नेपाली सेनाले हाटबजार क्षेत्रबाट उद्धार गरेको छ । सदरमुकाम जाने सुनवल परासी खण्डको टंकप्रसाद मार्ग र भुमही परासी जोडने पक्की सडक समेत डुवानमा परेको हाम्रा सहकर्मीले जनाएका छन् ।
बर्षा आउने क्रम अहिलेपनि जारी रहेकाले स्थानियबासी थप त्रसित बनेका छन् । सरकारी कार्यालयमा पनि बाढी पसेपछि कार्यालयका कागजपत्र, कम्प्युटर लगायतका सामाग्री पनि डुबेको बताइएको छ ।
सडक समेत जलमग्न हुँदा सवारी आगमनमा समेत अवरोध पुगेको छ भने बाढी अझै नरोकिएको प्रहरीले जनाएको छ ।
उता अविरल वर्षाका कारण नदी गाउँमा पस्दा रुपन्देहीका २२ घर डुवेका छन् । सयौं विगाह धान खेत डुबानमा परेको छ ।
रोहिणी नदी गाउँमा पस्दा पड्खौली गाविस ५ का १६ घर डुवानमा परेका हुन । रोहिणी नदीले धार परिवर्तन गरेपछि वसन्तपुरमा ६ घर डुवानमा परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी रामेश्वर कार्की जानकारी दिनुभयो ।
डुवान क्षेत्रका स्थानीयलाई सुरक्षीत स्थानमा सार्न जिल्ला प्रहरी, इलाका प्रहरी धकधई, बेलहिया प्रहरी लगायतको टोली घटनास्थलमा पुगेको डिएसपी कार्कीले बताउनुभयो ।
यसै गरी उदयपुरको त्रियुगा नगरपालिका–७ प्रतिमा टोलमा फर्सेट खोलाको बाँध फुटेर गाउँ पस्दा ४५ घर डुबानमा परेका छन् । गएरातिको वर्षा पछि आएको बाढीका कारण फर्सेटखोलाको बाँध फुटेको हो ।
खोला गाउँ पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार अहिले बाँध बाँध्ने काम भइरहेको छ ।
त्यस्तै लगातारको बर्षा पछि बिभिन्न नदीमा आएको बाढिले पुर्बका जिल्लापनि जलमग्न भएका छन् । झापामा कन्काई, बिरिङ र रतुवा नदीमा आएको बाढिले दर्जनबढि गाबिसका सयौ घर डुवानमा परेका छन् । मोरङको अमरदहमा बक्राहा नदीको बाढिले २४ घर डुवाएको छ ।