धरानमा ‘गोर्खाली प्रशोधित पानी मा लेदो भेटीयो 

धरानमा ‘गोर्खाली प्रशोधित पानी मा लेदो भेटीयो 

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

भरतराज शर्मा(गोपाल) 

धरान १७ रेल्वेको दुईवटा पसलमा ‘गोर्खाली प्रशोधित पानी मा लेदो भेटिएको छ । धरान १७ का मनिष विष्टले गोर्खाली पानी खरिद गरी पिउने क्रममा लेदो भेटिएको हो ।

मनिष पुस्तक पसलका सञ्चालक समेत रहनुभएका विष्टले रोशनी कस्मेटिक पसलबाट पानी खरिद गरेर पिउने क्रममा बोतलमा लेदो र लेउ भेटिएको जानकारी दिनु भएको हो ।

पानीको बोतल शिलप्याक भएपनि कस्मेटिक पसलकी सञ्चालक लिला थापाको पसलबाट ५ बोतल गोर्खालीमा पानी यस्तो भेटिएको हो ।

यस्तै सोही स्थानका दिवस किराना पसलका सञ्चालक दिवस परियारको पसलबाट समेत ६ बोतल पानीमा लेदो र लेउ भेटिएको छ ।

सुन्दरदुलारी नगरपालिका वड न १ गोठ गाउबाट उत्पादित गोर्खाली ब्राण्डका अन्य बोतलमा समेत लेदो र लेउ भेटिन सकिने स्थानीयले बताएका छन् ।

१ लिटर बोतलको प्रशोधित पानीमा उत्पादन मिति मार्च १६ उल्लेख गरिएको छ ।

पानीको म्याद ६ महिना अवधि बाँकी रहे पनि यस्तो भेटिनु उद्योगको लापारबाही भएको उपभोक्ताहरुले बताएका छन् ।

अत्यन्तै तिर्खा लागेर पानी मागेर पिउने क्रममा बोतलमा लेउ र फोहोर भेटिएपछि पसललेलाई जानकारी गराइएको प्रयोगकर्ता विष्टले जानकारी दिनु भयो ।

अन्य बोतल समेत चेक गर्दा अन्य ५ वटा बोलमा त्यस्तै भेटिएको उहाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ