संसदको समितिले अख्तियारलाई बोलायो 

संसदको समितिले अख्तियारलाई बोलायो 

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, साउन ७।
संसदको सुशासन तथा अनुगमन समितिले आइतबार अख्तियार दुरुपयोग अनसन्धान आयोगका पदाधिकारीलाई छलफलको लागि बोलाएको छ ।

काठमाडौं विश्वविद्यालयको एमविविएस र एमडीको प्रवेश परीक्षामा अख्तियारले गरेको हस्तक्षेपबारे समितिले आज काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।

छलफलका क्रममा काठमाडौं विश्व विद्यालयका पदाधिकारीको नै मत बाझिएपछि अख्तियारको संलग्नता पुष्टी गर्न आइतबार अख्तियारका पदाधिकारीलाई छलफलका लागि बोलाएको संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले जानकारी दिनुभयो ।

समितिको बैठकमा काठमाडौं विश्वविद्यालयका रेक्टरले एमविविएसको प्रवेश परिक्षमा ढिलाइ भएकोले अख्तियारको सहयोग मागेको बताएका थिए तर डिनले भने अख्तियारले हस्तक्षेप नै गरेको जानकारी दिएका थिए ।

डा. केसीका मागका बारेमा संसदमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ