बाढीले परासी बजार डुबानमा

बाढीले परासी बजार डुबानमा

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ७ साउन ।
अविरल वर्षासँगै आएको बाढीले नवलपरासीको परासी बजार डुवानमा परेको छ । नवलपरासीको झरही र रावण खोलामा आएको बाढीले बजार डुवानमा परेपछि स्थानीय त्रसित बनेका छन् ।

गएराति आएको बाढीले शहर नै डुबानमा पारेपछि स्थानीय बासिन्दा रातभर घरको छतमा चढेर बसेका थिए । सरकारी कार्यालयमा पनि बाढी पसेपछि कार्यालयका कागजपत्र, कम्प्युटर लगायतका सामाग्री डुबेको बताइएको छ ।

सडक समेत जलमग्न हुँदा सवारी आगमनमा समेत अवरोध पुगेको छ भने बाढी अझै नरोकिएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनु भयो ।

बजार क्षेत्र डुबानमा परेपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई उद्धारमा खटाउने तयारी भइरहेको पन्थले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ