उपत्यकाका तीन जिल्लामा भूकम्पपीडितको पुनःलगत सङ्कलन गरिदै

उपत्यकाका तीन जिल्लामा भूकम्पपीडितको पुनःलगत सङ्कलन गरिदै

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ,७ साउन ।
उपत्यकाका तीन जिल्लामा आजदेखि भूकम्पपीडितको वास्तविक लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्य सुरु हुने भएको छ । यसअघि गत सोमबार देखि नै लगत संकलन कार्य सुरु गर्ने भनिएपनि प्राविधक समस्या भएको भन्दै हुन सकेको थिएन ।

केन्द्रीय तथ्याङक विभागका निर्देशक ढुण्डीराज लामिछानेले काठमान्डौ मा एक महानगरपालिका सहित ११ ,भक्तपुरमा ६ ललितपुरमा ५ नगरपालिका तथा १९ गाविसका भुकम्प पिडितको लगत संकलन गरिने जानकारी दिनु भयो ।

आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लगत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गर्ने तयारी गरिएको लामिछानेले बताउनु भयो ।

सर्वेक्षण सकी विभागले राष्टिय पुन निर्माण प्राधिकरणलाई प्रतिवेदन बुझाइ पछि छानविन गरी अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने बताइएको छ ।

भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमका लागि सर्वेक्षणमा सहभागी कर्मचारीलाई यस अघि नै तालिमहरु दिइ सकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ