पुष्पलालको ३८ औं स्मृति दिवस मनाइदैं

पुष्पलालको ३८ औं स्मृति दिवस मनाइदैं

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, साउन ७ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसका अवसरमा आज एमाले सहित उसका भातृ संगठन र शुभेच्छुक संघ संस्थाले आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौको किर्तिपूर चम्पादेवी स्थित पुष्पलालको सालिकमा प्रधानमन्त्री केपी ओलीसहित एमालेका शिर्ष नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम छ । यस्तै आज दिउँसो राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा पुष्पलाल पूर्णङ्की नाटक मन्चन हुदैछ ।

उहाँको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको हो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो । उहाँले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।

उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्य्दिशा २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्थ्यो । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ