देशभर अविरल बर्षा , बाढी र डुवानको चपेटामा

देशभर अविरल बर्षा , बाढी र डुवानको चपेटामा

जनकपुर ,विराटनगर र मोरङको ग्रामिड बस्ती डुबानमा

  • बिहिबार, साउन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमान्डौ ६ साउन ।

केहि दिनदेखि लगातार परेको बर्षाका कारण मुलुकका अधिकाशं स्थानको जनजिवन प्रभावित भएको छ । मनशुन सक्रिय भएसँगै काठमाण्डौ उपत्यका सहित देशभर केहिदिन देखि निरन्तर पानि परिरहेको छ ।

बर्षाका कारण पूर्वी नेपालका तराई तथा पहाडि क्षेत्र डुवानमा परेका छन् । नदि तथा खोलहरुमा बाढी आएपछि छेउछाउका स्थानीय त्रसित बनेका छन् ।

पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । विराटनगर, इटहरी, भद्रपुरलगायतका पूर्वी तराईका मुख्य सहर जलमग्न भएका छन । झापा, मोरङ, सुनसरी र धनकुटा पनि वर्षाबाट प्रभावित छन् ।

भारी वर्षाका कारण झापाका प्रमुख नदीहरु कन्काई, विरिङ्ग, रतुवा, निन्दा, देउनियाँ लगायतमा बाढी आएको छ । जिल्लाका भद्रपुर, कनकाई नगरपालिकाको तुलसीबारी र चप्रामारी, घेरावारी, चकचकी, राजगढ, पाँचगाछी लगायतका क्षेत्रहरु पनि जलमग्न छन् ।

नेपाल रेडक्रस सोसाइटीले तयार पारेको विवरण अनुसार अविरल वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका ३५ घरपरिवार डुबानमा परेका छन् ।

मानव वस्तीमा पानी पस्दा करिब सयको संख्यामा मानिसहरु विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी तीन दिन देखिको परेको अविरल बर्षाले विराटनगरका पनि अधिकांश भाग जलमग्न भएको छ । विराटनगर उपमहानगरपालीका सहित मोरङको ग्रामिड क्षेत्र जलमग्न भएको छ ।

जिल्लामा पर्ने बिभिन्न नदि तथा खोलामा आएको बाढी बस्तीमा पस्दा हजारौ घर डुवानमा परेका छन् । ढल निकासको ब्यावस्था नहुदा उपमहानगरपालीकाको मुख्य बजार सहीत तिनटालीया , पिचर , दरिया बस्ती र मिल्स एरिया बस्ती डुवानमा परेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सयौ घर प्रभावित भएका छन् । टेग्राहा खोलामा आएको बाढस्का कारण ७० सुकुम्बासीले परिवारले घर छाडेर रंगेली विराटनगर सडकमा आश्रय लिईरहेका छन् । यस्तै चिसानखोलामा आएको बाढीले दर्बिसाका सयौ घर परिवार प्रभावित छन् । भने चिसाङ खोलामा आएको बाढीले कटान गर्दै १५ परिवार बिस्तापित भएका छन् ।

badhi_jhapa1

यस्त्ै बर्षाको कारण जनकपुरमा पनि अवस्था अस्तव्यस्त भएको छ । बुधबार राति परेको मुसलधारे वर्षाले जनकपुरको अधिकांश सडकहरु जलमग्न भएको छ । सरकारी कार्यालयहरु डुबानमा परेको छ । यस्तै गहिरो ठाउँमा रहेका घरहरुमा पानीमा पसेको छ ।
जकपुरको यातायात व्यवस्था कार्यालय, जिल्ला हुलाक कार्यालय, राष्ट्रिय समाचार समितिको कार्यालय, महिला तथा बालबालिका कार्यालय, आन्तरिक राजश्व कार्यालय, जनकपुर अञ्चल अस्पताल लगायतको दर्जनौँ कार्यालय डुबानमा परेको छ ।

जनकपुरको सडकबाटोको अधिकांश नालाहरु कामचलाउ भएपनि त्यसको सरसफाई र ढलपानीको उचित निकास नहुँदा समान्य वर्षामा पनि सडक जलमग्न हुने गरेको छ ।

जनकपुरको हस्पिटल रोड, कदमचोक, भानुचोक, मुरलीचोक, पुलचोक लगायतको सडकमा पानी जम्दा र घर एवं सरकारी कार्यालयहरु डुबानमा पर्दा सर्वसाधारणहरु समस्यामा परेका छन् ।
उता पश्चिमका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया क्षेत्रमा पनि अबिरल बर्षाले बाढिको जाखिम बढाएको छ । निरन्तरको बर्षाले हाल कञ्चनपुर र कैलालीका बिभिन्न क्षेत्रहरु बढि डुबानमा परेका छन् ।

केही पशु चौपाया मर्नुका साथै भौतिक क्षति भए पनि मानवीय हताहती भने नभएको त्यहाँबाट हाम्रा सहकर्मिहरुले जनाएका छन् । बाढि उच्च जोखिम क्षेत्रहरुमा सतर्कता बढाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ