काठमाण्डौ, ६ साउन ।
आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीको मागबारे छलफल गर्न भन्दै संसदमा प्रस्ताव दर्ता भएको छ ।
नोपली काग्रेसका गगन थापा प्रस्तावक र काग्रेसकै धनराज गुरुङ तथा माओवादी केन्द्रका स्याम श्रेष्ठ समर्थक रहेर संसदमा प्रस्ताव दर्ता गरिएको हो ।
अख्तीयार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउन पर्ने लगायतका मागका बिषयमा छलफल गरियोस् भन्दै प्रस्ताव दर्ता भएको छ ।
प्रस्तावमा डा. केसीको मागबारे छलफल गर्नु पर्ने चार कारण अघि सारिएको छ । जसमा ११ दिनदेखि अनसनरत डा. केसीको जीवन रक्षाका लागि संसदले पहल गर्नु अपरिहार्य भएको, डा. केसीले उठाएका मागहरु संसदसँग पनि जोडिएको, केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था संसदसँग सम्वन्धित भएको रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline