काठमाण्डौ ,६ साउन । ब्यावस्थापिका संसदको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा आज आश्रित विधेयक र अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसुची रहेको छ ।
यद्यपि, कुन एजेण्डामा छलफल गर्ने भन्ने कार्यसूचीको विषयमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद रहेकाले आजको संसद बैठक चल्ने संभावना कम देखिएको छ ।
पहिला विधेयक पारीत गर्नु पर्ने भन्दै त्यसो नभए संसद चल्न नदिने सत्तारुढ एमालेले निर्णय गरेको छ ।
काग्रेस माओवादी गठबन्धनले भने पहिला अविस्वासको प्रस्तावमाथि छलफल हुनु पर्ने माग गर्दै आएका छन् ।
गत असार २९ गते नै कार्यसुचीमा प्रवेश गरिसकेको आश्रीत विधेयकलाई झिकेर आज बस्ने संसद बैठकमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसुची राखिएको छ ।
यसैबीच संसदको बैठक कसरी अगाडी बढाउने भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरुसग‘ छलफल गर्दै हुनुहुन्छ । छलफल बिहान ९ बजे हुने छ ।