काठमान्डौ,साउन ६।
नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विभिन्न विधाका खेलाडीलाई ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रदान गर्दै छ । अवार्ड कार्यक्रम राजधानीको कमलादि स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको छ ।
आज आठ वटा विधामा उत्कृष्ट खेलाडी र खेल क्षेत्रका व्यक्तिलाई अवार्ड प्रदान गरिन्छ ।
२०७२ सालमा उत्कृष्ट प्रदर्शन गरेका पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५ ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ ।
पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने आज नै प्रदान गरिने मञ्चले जनाएको छ ।
मनोनयनमा परेका खेलाडीहरु ?
वर्षका उत्कृष्ट पुरुष खेलाडी
- नवयुग श्रेष्ठ (फुटबल)
- विकास थापा (भारोत्तोलन)
- राजेश चौधरी (उसु)
- वीरबहादुर महरा (तेक्वान्दो)
- विकेश कुथु (फुटबल)
वर्षका उत्कृष्ट महिला खेलाडी
- फुपू ल्हामु खत्री (जुडो)
- नीमा घर्तीमगर (उसु)
- गौरिका सिंह (पौडी)
- रोजा केसी (ट्रायथलन)
- रेजिना कार्की (तेक्वान्दो)
वर्षका उत्कृष्ट युवा खेलाडी
- नीमा घर्तीमगर (उसु)
- गौरिका सिंह (पौडी)
- सन्दीप लामिछाने (क्रिकेट)
- मनीता श्रेष्ठ प्रधान (जुडो)
- अन्जन विष्ट (फुटबल)
वर्षका उत्कृष्ट प्रशिक्षक
- बालगोपाल महर्जन (फुटबल)
- प्रकाश महर्जन (उसु)
- दलबहादुर गुरुङ (जुडो)
- राजुकाजी शाक्य (फुटबल)
- जगत टमाटा (क्रिकेट)
पिपुल्स च्वाइस
- नवयुग श्रेष्ठ (फुटबल)
- नविता श्रेष्ठ (टेबलटेनिस)
- प्रतीभा माली (भलिबल)
- सन्दीप लामिछाने (क्रिकेट)
- तारादेवी पुन (भारोत्तोलन)
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline