सूचनाको हक प्रयोगगरि पुर्ननिर्माणलाई जवाफदेहिता बनाउने

सूचनाको हक प्रयोगगरि पुर्ननिर्माणलाई जवाफदेहिता बनाउने

  • बुधबार, साउन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

 काठमाडौं, ५ साउन ।
पुनर्निर्माण प्रक्रियालाई जवाफदेहिता बनाउने र युवाको सक्रिय सहभागिता बढाउने उद्देश्यले युनेस्कोको सहयोगमा युथ एड्भोकेसी नेपाल (यान)ले जुलाई १२ र १३ तारिखमा काभ्रे जिल्लाको धुलिखेलमा “सूचनाको हक र पुनर्निर्माण” विषयक दुई दिने आवासीय तालिम सम्पन्न गरयोे । तालिममा भुकम्पप ्रभावित १४ क्षेत्रका २० जना भन्दा बढी युवाहरुलाई सूचनाको हक र पुनर्निर्माणका सम्बन्धमा जानकारी गराइयो ।
कार्यक्रममा पुनर्निर्माण र युवा, सूचनाको हक, सामाजिक मिडिया र विपद पश्चातको आवश्यकता मूल्याङ्कनले नेपालको भविष्यमा खेल्न सक्ने भूमिकाका साथै विभिन्न घटना अध्ययनहरु समावेश गरिएको थियो । तालिमको समग्र उद्देश्य ‘सूचनाको हकका सम्बन्धमा युवाहरुको क्षमता अभिवृद्धि गरीे पुनर्निर्माणको अवधि भरि उनीहरुले पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताकालागि सूचनाको हकलाई मौलिक अधिकारको अभ्यास गर्न सकून् ।’ पुनर्निर्माणलाई केवल भौतिक अर्थमा मात्रै नभई सामाजिक, आर्थिक र सांस्कृतिक अर्थमा समेत बुझ्नु पर्ने यानका अध्यक्ष नरेन्द्र खतिवडाले बताए ।
13820827_826204600828087_557970110_n
उनले भने “पुनर्निर्माणका कामहरुमा समुदायले नै नेतृत्व लिनुपर्छ ।” हिमाल साउथ एशियाका सोसल मिडिया एण्ड आउटरिच म्यानेजर इन्द्रध्वज क्षेत्रीले छलफलमा सामाजिक मिडिया (सामाजिक सञ्जालहरु जस्तै फेसवुक, ट्वीटर आदि ) लाई समावेश गर्नु महत्वपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष् धर्मेन्द्र झाले सूचनाको अधिकारको सम्मान गरिनुका साथै राज्यले त्यसको प्रवद्र्धन र रक्षा समेत गर्नुपर्ने बताए ।
उनले भने “समुदाय र खास गरेर युवाहरुले यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन नेपालको विकासमा महत्वपूर्ण भूमिका रहन्छ ।” त्यसरी नै पत्रकार शिरोमणी ढुङ्गानाले विपदपछिको आवश्यकतामूल्याङ्कन (पीडिएनए)लाई वकालत र लविकालागि साधनको रुपमा प्रयोग गर्नु महत्वपूर्ण हुने उनको तर्क थियो ।
युनेस्कोका सूचनाको हक परियोजनाका संयोजक जेबी विश्वकर्माले घटना अध्ययनहरुमा आधारित वकालतले जवाफ देहिता र पारदर्शिताको प्रवद्र्धन गर्नमा सघाउ पुरयाउनु पर्ने जोड दिए । उनले अधिकारबारे समुदाय र राजनैतिक नेतृत्वमा जागरणका लागि समेत वकालतको सशक्त साधन हुन सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ