२१औं राष्ट्रिय पौडीमा शिरिस गुरुङले बनाए २ कीर्तिमान

२१औं राष्ट्रिय पौडीमा शिरिस गुरुङले बनाए २ कीर्तिमान

  • बुधबार, साउन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

५ साउन, काठमाडौं ।
२१औं राष्ट्रिय पौडी प्रतियोगिताको २ स्पर्धामा कीर्तिमानी नेपाली पौडिबाज शिरिस गुरुङले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

सातदोवाटोमा भएको खेलमा शिरिसले १ स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे भने १ स्पर्धामा नयाँ कीर्तिमान कायम गरे ।

पछिल्लो केहि बर्षमा नेपालको पुरुष पौडीमा एकछत्र राज गरिरहेका शिरिसको यो ४५औं राष्ट्रिय कीर्तिमान हो ।

शिरिसले आज बिहान भएको १०० मिटर ब्याकस्ट्रोकको स्पर्धामा यसअघिको टाइमिङमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले निर्धा्रित दूरी १ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । यसअघि १ मिनेट १२.९ सेकेण्डमा उनैले कीर्तिमान राखेका थिए ।

त्यस्तै प्रतियोगितामा शिरिषले आज बिहान ५० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले निर्धा्रित दूरी ३१.९४ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले यसअघि पुष्पराज शाहीको नाममा रहेको ३२.६२ सेकेण्डको कीर्तिमान भंग गरेका हुन् ।

योसँगै उनले नेपाली पौडीमा ब्याकस्ट्रोक बिधाका सम्पूर्ण स्पर्धाको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

हिजोबाट सुरु भएको २१औं राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन हिजो शिरिसले ४ स्वर्ण जितेका थिए । उनले २०० मिटर इन्डिभिज्युअल मिड्ले, २०० मिटर ब्याकस्ट्रोक, १०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्लाई स्पर्धामा हिजो स्वर्ण जितेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी