काठमाडौं ५ साउन ।
नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थयमा सुधार हुदै गए पछि आज ओम अस्पतालवाट डिस्चार्ज गरिने भएको छ ।
दुइ सातदेखि राजधानीको ओम अस्पतालमा उपचाररत कोइरालाको स्वास्थयमा उल्लेख्य सुधार आए पछि उहाँलाई आज डिस्चार्ज गर्न लागिएको जनाइएको हो ।
कोइरालामा देखिएको निमोनिया पनि निको भएको र उहाँलाइ दिने एन्टिवोटिक इन्जेक्सनको डोज सकिएको जानकारी दिदै उपचारमा संलग्न डा. लव जोशीले आज डिस्चार्ज गर्न लागिएको जानकारी दिनु भयो ।
कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । तर, उहाँ घर गए पनि करिव दुई सातासम्म भने आराम नै गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline