केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी सेवा बहिष्कार

केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी सेवा बहिष्कार

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, ४ साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति समाधानको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आजदेखि अस्पतालको ओपिडि सेवा बहिष्कार गर्ने भएका छन् ।

अनशन सुरु भएको ९ दिन भइसक्दा पनि डा केसीको माग पूरा गर्न सरकार संवेदनशी नदेखिएको भन्दै रेजिडेन्ट चिकित्सकहरुले ओपिडी सेवा बहिस्कार गर्ने भएका हुन् ।

ओपिडी सेवा बहिस्कार गरेपछि अस्पतालको सेवा प्रभावित हुने देखिएको छ । शिक्षण अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।

रेजिडेन्ट चिकित्सकले सेवा बहिस्कार गरेपछि विशेषज्ञ चिकित्सकहरुले मात्र बिरामीलाई सेवा दिन कठिन हुने भन्दै अस्पताल प्रशासनले चिन्ता व्यक्त गरेको छ ।

यसैबीच अनशनरत डा. केसीको समर्थनमा आजबाट वीरअस्पतालका रेजिडेन्ट चिकित्सक समेत विरोधमा उत्रिएका छन् । डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन भन्दै उनीहरुले आजबाट हातमा कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले पनि केसीको अनशनमा ऐक्यवद्धता जनाउदै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ