सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ ४ साउन ।
मोरङमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् ।

मोरङ र झापाको सिमानास्थित मावा पुलमा ट्रकको ठक्करबाट मर्निङ वाक हिँडेकी एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ३५ ७० नम्बरको ट्रकले ठक्कर दिदा दमक–८ का ३७ वर्षीया जसु तामाङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राईको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ