नेपालले आज विश्वकै पुरानो क्लब मेरिलिबोनसँग खेल्दै

नेपालले आज विश्वकै पुरानो क्लब मेरिलिबोनसँग खेल्दै

  • मङ्लबार, साउन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ४ साउन ।
बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा आज विश्वकै पुरानो क्लब मेरिलिबोनसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका चार खेलमा लगातार जीत हात पारेको नेपाली टोलीले आज लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एम.सि.सी.सँग खेल्न लागेको हो ।

नेपाल र बेलायतबिच मित्रवत सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा हुन लागेको खेल नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजे हुनेछ ।

नेपाली टोलीले क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा पहिलो पटक खेल्न लागेको हो । यसअघि चार स्थानीय क्लबसँग भएको खेलमा सबैमा जीत हात पारेको नेपाली टोली आज लर्ड्स मैदानमा उच्च मनोबलका साथ उत्रनेछ ।

नेपाली टोलीले आइतबार राति भएको एक दिवसीय खेलमा इस्टबर्नलाई एक सय ८१ रन तथा शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो ।

यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको नेपाली टोलीले बुधबार भएको ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई एक सय २९ रनले हराएको थियो ।

नेपाली टोली नेदरल्याण्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि बेलायत गएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी