केसीएएमसीद्वारा पहिरो प्रभावितलाई सतर्कता अपनाउन आग्रह

केसीएएमसीद्वारा पहिरो प्रभावितलाई सतर्कता अपनाउन आग्रह

  • सोमवार, साउन ३, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 5.2K
    SHARES

ताप्लेजुङ ,३ श्रावण ।

श्रावण १ गते बिहान कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने तापेथोक ८, सोत्लिमा र लामाटारमा भएको घटना प्रति संरक्षण क्षेत्रले दुःख व्यक्त गर्दै सो क्षेत्रका प्रभावित १२ परिवारलाई आफ्नो मुख्य कार्यालय लेलेपमा अस्थायी रुपमा बस्न आग्रह गरेको छ ।

सञ्चार सम्पर्क हुन नसक्दा उद्धार कार्यमा भएको समस्यलाई दृष्टिगत गर्दै प्रभावित क्षेत्र सोत्लिमा र लामाटारका बासीन्दाले अपनाउनु भएको धैर्यता, उद्धार कार्यमा खटिनुभएका लेलेप, तापेथोक लगायतका स्थानीय बासिन्दा र सुरक्षाकर्मी प्रतिसंरक्षण क्षेत्रले हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।

सोत्लीमा लगायत संरक्षण क्षेत्रभित्र यस्तो विपदका कारण आपू र आफू बसेको क्षेत्र असुरक्षित महसुश गरेकालाई तत्कालका लागि कञ्चनजंघा संरक्षण क्षेत्रको मुख्य कार्यालय लेलेप, इलाका कार्यालय तापेथोक, याम्फूदिन, ओलाङचुङ गोला, घुन्साको परिसरमा बस्न र आफूलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

यस्तो घटना कहीँकतै भईहाले कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र कंचनजंघा संरक्षण क्षेत्र कार्यालय, नजिकैको प्रहरी चौकी, जिल्ला प्रहरीकार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखा र संचार गृहमा खबर गरिदिन आग्रह गरिएको छ ।

जिल्लामा संचालित रेडियो फक्ताङ्लुङ लगायत तीन ओटै रेडियो बाट सार्बजानिक सूचना प्रसारण गरिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ