भक्तपुर, ३ साउन ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणको पहिलो सोमबार आज भक्तजनको भीड लागेको छ ।
मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका हुन् ।
६ वर्ष अघि केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको छ ।
उक्त मेला अन्तर्गत हाल गणेश पुराण सञ्चालनमा रहेको समितिले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline