काठमाडौ ३ साउन ।
बाजुरामा बसको ढोकामा च्यापिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक दार्चुला डाँडाकोट–५ का २४ वर्षीय जगदीश खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दार्चुलाबाट काठमाडौँका लागि छुटेको महाकाली यातायातको ना ६ ख १२२१ नम्बरको बसको ढोकामा च्यापिएर उनको मृत्यु भएको हो ।
बस र चालक दार्चुला देथला–६ का डम्बरसिंह खत्रीलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।
यसैबीच सप्तरीको पन्सेरामा आज बिहान पिकअप भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पन्सेरा गाविस–७ का ३ वर्षीया सतोहा खातुन रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको बा २ झ ७८४ नम्बरको पिकअप भ्यानको ठक्करबाट सडकमा हिँड्दै गरेकी बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline