नेपाली क्रिकेट टोलीको लगातार चौथो जित, स्थानीय इस्टबर्न एक सय ८१ रनले पराजित

नेपाली क्रिकेट टोलीको लगातार चौथो जित, स्थानीय इस्टबर्न एक सय ८१ रनले पराजित

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ३ साउन ।
बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अभ्यास खेलका क्रममा लगातार चौथो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा नेपालीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्यारउको इस्टबर्न ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै मात्र एक सय १९ रनमा समेटियो । इस्टबर्नलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले तीन तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपाली टोलीले मात्र तीन विकेटको क्षतिमा तीन सय रन बनाएको बनाएको थियो । नेपालका लागि विनोद भन्डारी नट आउट ७७ रन जोडे । यस्तै राजु रिजालले ६० बलमा ६० रन बनाए ।

ओपनर अनिल मण्डलले १ सय १० बलको सामना गर्दै ७३ रन भने अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ६७ बल खेल्दै ६० रन बनाएर आउट भएका थिए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न चार वटा स्थानीय क्लबसँग अभ्यास खेल खेलेको हो । अब नेपालले भोली विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीसाग बेलायतको लर्ड्स मैदानमा खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी