२ साउन, ताप्लेजुङ ।
ताप्लेजुङ तापेथोक गाविसको घैयाबारी भीरबाट पहिरो झरेपछि सोत्लिमाकी २८ वर्षीया मनिता राई सम्पर्क बिहिन भएकी छिन् ।
तापेथोक ८ सोत्लिमा निवासी २८ वर्षीया मनिता राई हराएकी प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि दुई दिनको पैदल दुरिमा रहेको सो घटना स्थालमा श्रावण १ गते बिहान सोत्लिमाको दुवै स्थानबाट पहिरो झरेको हो ।
पहिरो झरेको बेला मनिताकी श्रीमान छिमेकी गाविस लेलेपमा सामान किन्न गएका थिए भने, छोराछोरी मामाघर गएका थिए । सम्पर्क बिहिन मनिता घरमा एक्लै थिए ।
सञ्चार पहुँचबाट टाढा रहेको घटना स्थलमा पाँच घर परिवार रहेका छन् । तापेथोक प्रहरी चौकी र लेलेप इलाका प्रहरी चौकीबाट उद्धार तथा विवरण संकलनको लागि प्रहरी घटना स्थल पठाई सकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।
यता प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोवाईलबाट सम्पर्क गर्ने प्रयास गरीरहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रामबहादुर केसीले बताए । अहिलेसम्म मनिताको अवस्था र पहिरोको क्षतिको विवरण आउन सकेको छैन ।