ताप्लेजुङको तापेथोक र लेलेपमा भिषण पहिरा ,२१ जना अलपत्र

ताप्लेजुङको तापेथोक र लेलेपमा भिषण पहिरा ,२१ जना अलपत्र

  • आइतवार, साउन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ताप्लेजुङ ,२ साउन ।
ताप्लेजुङको तापेथोक र लेलेप गाविसमा भिषण पहिरो जादा सोत्लिमाका २१ जना अलपत्र परेका छन । लगातारको बर्षापछि तापेथोक गाविस ८ को चारैतिर पहिरो खसेपछि बीचमा रहेको बस्तीका ६ परिवारका २१ जना बिचमा नै फसेका हुन् ।

उनीहरुको उद्धारका लागी लेलेप र तापाथोक प्रहरी चौकीबाट गएको प्रहरी टोली अझै पहिरो गएको स्थानसम्म पुग्न सकेको छैन ।

प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले उद्धारका लागी गएको प्रहरी टोलीसँग सन्चार सम्पर्क समेत हुन नसकेको बताउनु भयो । प्रहरी टोलीलाई रुखको पुल बनाएर भएपनि पहिरो गएको स्थानमा पुग्न प्रयास गर्न निर्देशन दिइएको केसीले भनाई छ ।

ती गाविसमा पुग्ने अधिकाशं बाटो पहिरोले बगाएकाले समस्या उत्पन्न भएको छ । उद्धारका लागी छिमेकी लेलेप गाविसबाट दर्जन भन्दा बढी युवा विभिन्न बाटो भएर त्यसतर्फ गएका छन् ।

वारिपारी सबैतिर पहिरो गएको र बिचमा पर्ने घुन्सा नदीको पुल समेत बगाएकाले सो क्षेत्रमा जान नसकिएको ताप्लेजुङबाट हाम्रा सहकर्मीले जनाएका छन् । स्थानीयका अनुसार उक्त गाउँकी २७ वर्षीया ममता राई पहिरोका कारण वेपत्ता भएकीछिन् ।

कञ्चनजंघा हिमाल जाने बाटोमा पर्ने यो गाउँ सदरमुकाम फुङलिङबाट डेढ दिनको पैदल दुरीमा रहेको छ ।

यसैबीच दार्चुला स्थीत महाकाली नदिमा पानीको सतह बढेपछि नदी किनार आसपासका स्थानीय त्रसित बनेका छन् । बाढी बस्तीमा पस्ने खतरा बढेपछि स्थानियबासि घर छोडि सुरक्षीत स्थानमा जान थालेका छन् ।

नदीमा पानिको सतह बढेपछि सदरमुकाम खलङगा सहित पुलघाटबाट बगट लगायतका स्थानमा जाने बाटो बन्द भएको छ ।

२०७० सालको बाढीले उच्च जोखिममा पुयाएको स्थानमा नदि तटबन्धन बराबरकै पानी बगिरहेको र पानी बस्तीमा पस्ने खतरा रहेको प्रहरीले जनाएको छ । नदीले केहि स्थानका कटान समेत सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ