धरान ,२ साउन ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेला बेला चिकित्सकको लापारबाहीका कारण विरामीले ज्यान गुमाउनु परेको विषय बाहिर आउने गरेको छ ।
पछिल्लो समय समेत चिकित्सकको लापारबाहीले आफन्त गुमाउनु परेको भन्दै लापारबाही गर्ने चिकित्सकमाथि कारबाहीको माग गर्दै मृतकका आफन्तले प्रहरीमा उजुरी समेत दिएका छन् ।
धरान १५ भीषणपथका ३२ बर्षीय सुरज राईको आफन्तले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उपचारका क्रममा लापारबाही गरेको आरोप लगाउदै कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा समेत निवेदन दर्ता गरेका छन् ।
चिकित्सकको लापारबाहीका कारण आफ्नो विरामीले ज्यान गुमाउनुपरेको भन्दै उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने आफन्तहरुले निवेदनमा उल्लेख गरेका छन् ।
मानसिक अवस्था विग्रिएपछि राईलाई असार २३ गते प्रतिष्ठानको मानिसिक विभागको २१ नं. बेडमा राखेर उपचार गराइएको तर अचानक असार ३० गते राति १ बजेको समयमा राईका व्यवहारमा परिवर्तन, पेट सुन्निएको र दिसापिसाब नै बन्द भएको राईका बाबु हिमाल चाम्लिङ राईले बताउनुभयो ।
अकास्मात विरामीको अवस्था नाजुक भएपछि चिकित्सकलाई बारम्बार जानकारी गराउदा समेत चिकित्सकले अटेर गरेको उहाको आरोप छ ।
स्वास्थ्यस्थितिमा सुधार नआएपछि राईलाई असार ३१ गते राति आकष्मिक कक्षमा उपचारका लागि ल्याइएपनि चिकित्सकले राति १ बजेमात्र हेरेको उहाको भनाई छ ।
त्यसबेलासम्म राईको अवस्था गम्भीर भएको मृतकका बाबु हिमाल चा्िम्लङ राईले बताउनुभयो ।
उपचारकै क्रममा विहान ४ बजेको समयमा छोराको मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्नुभएको छ ।
मृतक राईको उपचारमा मानसिक विभागककी चिकित्सक डा.विनिता सिंह रहेको मृतकका भाई रविन राईले बताउनुभयो ।