चितवन, साउन २।
पृथ्वी राजमार्गको कुरिनटारमा गएराति पर्यटक बस र यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देही जिल्लाको बुटवल बस्ने ४० वर्षीय राजन शर्मा खनाल रहेका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।
दारेचोक गाविस–३ निवाटारमा काठमाडौँतर्फ जाँदै गरेको बा१प ७९० नंको पर्यटक बस र विपरीत दिशातर्फ आउँदै गरेको ना४ख ८२५५ नंको यात्रुबाहक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
पर्यटक बस भ्याली कलेज सीतापाइला काठमाडौँका विद्यार्थी पोखरा घुमाएर फर्किने क्रममा दुर्घटनामा परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline