प्रधानमन्त्री ओलीका कारण देश दुर्घटनामा जाने खतरा भएपछि सरकार छाड्न बाध्य भएको प्रचण्डको आरोप

प्रधानमन्त्री ओलीका कारण देश दुर्घटनामा जाने खतरा भएपछि सरकार छाड्न बाध्य भएको प्रचण्डको आरोप

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि ओलीका कारण सरकार छाड्नु परेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओली संविधान कार्यान्वयन नगरि देशलाई दुर्घटनामा लैजाने षड्यन्त्रमा लागेको आरोप लगाउदै प्रचण्डले ‘राष्ट्रवादको नारामा देश गम्भीर दुर्घटनामा जाने खतरा भएपछि सरकार छाड्न बाध्य भएको बताउनु भयो ।

कांग्रेस संसदीय दलको कार्यालयमा आज कानुनबिद्सँग भएको छलफलका क्रममा प्रचण्डले प्रधानमन्त्रीलाई षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

‘एमाले अध्यक्ष ओलीसँगको ९ महिना लामो सहयात्राका क्रममा उहाँसँग संविधानको कार्यान्वयन गरी मुलुकलाई अघि बढाउने कुनै चाहनै नभएको पाएको प्रचण्डको भनाई छ ।

दाहालले भन्नुभयो ,राष्ट्रवादको नारामा देशलाई नै गम्भीर दुर्घटनामा पारी ठूलो निरंकुशता जन्माउने खतरा देखियो यसबाट मुलुक र जनतालाई जोगाउन आफूले ओलीसँगको सहयात्रा तोड्नु परेको हो।

उहाले सरकारको विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि संविधानको प्रावधान देखाउदै नयाँ सरकार गठन प्रक्रियामा अन्यौलता रहेको भन्दै छरिएको भ्रम सबै मिलेर चिर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ