बाढीले मनाङ र ताप्लेजुङमा पुल बगायो , करौडौको क्षति

बाढीले मनाङ र ताप्लेजुङमा पुल बगायो , करौडौको क्षति

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाण्डौ ,१ असार ।
लगातार परेको बर्षाका कारण आएको बाढीले देशका बिभिन्न स्थानमा पुल बगाएको छ । लम्जुङ र मनाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि मनाङमा यातायात सेवा अबरुद्ध भएको छ ।

म्यादी खोलाको पुल बगाएपछि मनाङ जाने मोटरबाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै ,वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ । आज बिहान पौने २ बजे आएको बाढीले निर्माण भइरहेको मोटरेवल पुल बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।

जिल्लाको दुई वटा निर्वाचन क्षेत्र जोड्ने उक्त निर्माणाधीन पुल बगाउँदा करिव दश करोड बराबरको क्षति भएको छ ।

यसैबीच गत शनिवार राति पहिरोका कारण सावादिन र फुरुम्बु बीचमा तमोर नदी थुनिएर बनेको ताल फुटेर बाढी आएको अनुमान स्थानियको छ ।

माथिल्लो क्षेत्रबाटनै ठूलो बाढी आई ताल अझै बढेपछि तमोर नदी किनारका स्थानीय त्रसित बनेका छन् । नदीमा आएको बाढिले ताल बढेर फुरुम्बु तर्फको भाग कटान गर्दै नदि बगिरहेको छ ।

खोलामा ठूलो बाढी आएपछि ताल नजिकैको मितलुङ बजारसहित तमोर नदी किनारको दोभान र हान्दु्रङ बजार सहित खोक्लीङको थुम्बाबेसीका स्थानीय रात भर एकैठाउँमा भेला भएर बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ