काठमाडौ ,१ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार मध्यक्षेत्रीय कार्यालय हेटौंडाको टोलीले आज बिहान बाराको निजगढबाट यातायात व्यवस्था कार्यालय वीरगञ्जका नायबसुब्बा प्रेमकुमार भट्टराईलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
गाडीको ब्लु बुक उपलब्ध गराउनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सुनसरी प्रकाशपुर घर भएका नायब सुब्बा भट्टराईलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।
भट्टराईले सेवाग्राहीलाई निजगढको मुनलाइट होटल अगाडि बेलाएको थियो । सेवाग्राहीले घुस रकम दिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline