आज साउने संक्रान्ति पर्व मनाईदै

आज साउने संक्रान्ति पर्व मनाईदै

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

काठमाण्डौ ,१ साउन ।

आज साउन १ गते साउने संक्रान्ति मनाइदै छ । सौर्यमान अनुसार साउने संक्रान्तिदेखि सूर्य ककर्ट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । आज लुतो फाल्ने र महिना सुनाउने पनि चलन छ ।

आज बिहानै यजमानका घरमा गई पुरोहितले महिना सुनाउने र साँझ लुतो फाल्ने गरिन्छ । साथै मानु खाई मुरी उब्जाउने कथन अनुसार बर्षामा खेतीको काम सकेर हिलोमैलो पखाली भोज खाने प्रचलन छ ।

आजका दिन असारे वर्षा र हिलोवाट आउन सक्ने विभिन्न रोगहरु बाट वच्न लुतो फाल्ने परम्परा रहेको छ । साथै काँचा फलफूलहरु जस्तै बेलाउती, कगती, निवुवा, सुन्तला आज लुतो फालेपछि खान मिल्छ भन्ने चलन छ ।

साउने संक्रान्तिमा दाद लुतो खटिरा जस्ता छालाका रोगवाट वच्न सकिने विश्वासका साथ कुकुरडाईनो कागभलायो कुरिलो पानीसरो पुरेनी गलेनी जस्ता औषधीजन्य वनस्पति जलाएर घरको आगँनवाट चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ ।

यस्तै साउने सक्रान्ति सिसेक्पा तङनामको नामले मनाइन्छ । साउनमा बिशेष गरि सोमबारको दिनलाई महत्वपूर्ण मानिन्छ ।

साउन महिनाभर विवाहित महिलाहरु साउने संक्रान्तिदेखि सौभाग्यको प्रतीक, वस्त्र पहिरिने र प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आरधना गर्छन् ।

साउनमा भगवान शिव पावर्तीसंग लुकेर बसेको र पछि पार्वतीले ज्योर्ति्लिङ्ग स्थापना गरी त्यसको पूजा गर्न थालेपछि शिव प्रकट भएको मान्यताका आधारमा हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै शिवको आराधाना गर्ने गर्दछन् ।

अविवाहित महिलाहरु पनि आफ्नो भावी जीवनको सफलताको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

साउनलाई हरियो महिनाका रुपमा समेत मनाउने गरिन्छ । विशेषतः हिन्दु धर्मममा विश्वास राख्न महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन लाई पर्वकै रुपमा मनाउँछन् ।

हिन्दू धर्मअनुसार सूर्य दक्षिणयन हुदा देवताका रात र पृतिका दिन हुने भएकाले साउन देखि पितृकार्यको पनि थालनी हुन्छ । साउन महिनालाई धार्मिक महिनाका रुपमा लिंदै माछा, मासु, लसुन, प्याज तथा मदिरा सेवन नगरी चोखो बस्ने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ