असार ३१ काठमाण्डौं । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र वीपी स्वास्थ्य प्रतिष्ठान धरानलाई २० ,२० करोड पुँजीगत अनुदान दिने निर्णय गरको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले दुई प्रतिष्ठानलाई आवश्यक मेसिनरी खरिदका लागि अनुुदान दिने निर्णय गरेको हो । उक्त अनुदान अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सम्बन्धित अस्पताललाई उपलब्ध गराइनेछ ।
पाटन अस्पतालले आवश्यक मेसिनरी खरीदका लागि रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालय समक्ष अनुदान सहयोग मागेको थियो । उक्त अनुदानबाट अस्पतालले आवश्यक कुनै पनि मेसिनरी खरिद गर्न सक्नेछ ।
‘टेण्डर आव्हान भइसकेको तथा भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत अनुदानदिने निर्णय गरेका मन्त्रालयका सचिव पद्म बहादुर चन्दले बताउनु भयो ।
यस्तै बैठकले गुगल ब्वाईको आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । गुगल बोईका रुपमा परिचित आदित्य दाहालको संरक्षणका लागी भन्दै स्थापित प्रतिस्ठानलाई यति ठुलो रकम दिने निर्णय गरेको हो ।
यस्तै लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ । रिण असुली न्यायधिकरण सदस्यमा मानबहादुर अर्याल नियत्त भएका छन् ।
बैठकले बाँकेबाट लिएको चार भारतीयको नागरिकता खारेज गरेको छ भने नागरिकता दिनेमाथि छानविन गर्ने पनि निर्णय गरेको छ ।