एसएलसी उत्तीर्ण मगर बिद्यार्थी सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम शुक्रबार(आज) हेटौँडामा भएको छ ।
नेपाल मगर विद्यार्थी संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसएलसी पास भएका मकवानपुरका एक सय ५७ मगर बिद्यार्थीलाई कदर पत्र तथा उत्कृष्ट बिद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
सामुदायिक बिद्यालयतर्फ जिल्ला उत्कृष्ट ए ग्रेड क्षेणी ल्याएका युवराज थापा मगर तथा संस्थागत बिद्यालयतर्फ जिल्ला उत्कृष्ट ए ग्रेड ल्याएका निरज दर्लामी मगर र सौगात दर्लामी मगरलाई खादा ओडाएर प्रशंसा पत्र प्रदान गरियो ।
त्यस्तै, ए ग्रेड क्षेणीमा एसएलसी पास भएका भुवन थापा मगर, एलिन राना मगर, अमृत थापा मगर, सजित थापा मगर, युवराज थापा मगर लगाएतलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव गोमबहादुर राना मगर, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, जिल्ला उपाध्यक्ष कृपा दर्लामी मगर, नेपाल मगर संघका निवर्तमान केन्द्रिय सदस्य बिश्व ओले मगर लगाएतले बिद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव गोमबहादुर राना मगरले अधिकार प्राप्तीका लागि आन्दोलनको बिकल्प नभएको बताउँनुभयो । मगर बिद्यार्थीहरुले अध्ययनसँगै नेतृत्व बिकास गरि भाबी पुस्ता सशक्त बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राध्यापक मधुकर सिंह गलामी मगरले एसएलसी पछि भबिष्य निर्माणका लागि पढ्नुपर्ने भएकाले बिद्यार्थी, अभिभाबक सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्च शिक्षाले राष्ट्रिय मूलधारमा ल्याउँदै सचेत बनाउँने भएकाले पढाईलाई बिचमै नछाड्न अनुरोध गर्नुभयो ।
नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगरले उच्च शिक्षासँगै भाषा, संस्कृतीलाई जगेर्ना गर्न आग्रह गर्नुभयो । जातीयतालाई संकीणतामा सिमित बनाउँनु भन्दा पनि राष्ट्रिय एकता तर्फको बाटो बनाउँनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय हेटौँडाका निमित्त प्रमुख लक्ष्मणप्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सम्भावना, रुची र क्षमतालाई ध्यानमा राखेर बिद्यार्थीले गम्भीरतापूर्बक उच्च शिक्षा पढ्न आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव गोमबहादुर राना मगरको प्रमुख आतिथ्य तथा मकवानपुरका अध्यक्ष महेन्द्र राना मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका जिल्ला अध्यक्ष दुधराज थापा मगर, नेपाल मगर विद्यार्र्थी संघकी केन्द्रिय सदस्य चित्रबहादुर पुलामी मगर लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, लोकतान्त्रिक मगर संघका केन्द्रिय उपमहासचिव पार्वती राना, जिल्ला अध्यक्ष मंगल रखाल मगर, राष्ट्रिय मगर संघका जिल्ला अध्यक्ष टेकबहादुर थापा मगर, नेपाल मगर संघका निवर्तमान केन्द्रिय सदस्य बिश्व ओले मगर, जिल्ला सचिव होमबहादुर राना मगर, नेपाल मगर युवा संघकी जिल्ला उपाध्यक्ष कृपा दर्लामी मगर, नेपाल मगर विद्यार्र्थी संघका जिल्ला सल्लाहकार दिनेश राना मगर लगाएतको आतिथ्यता रहेको थियो ।
नेपाल मगर बिद्यार्थी संघ मकवानपुरकी सचिव कोपिला आले मगरले सहजिकरण गर्नुभएको कार्यक्रममा सहसचिव अशोक ग्यालन मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ९ बर्षदेखि नियमित रुपमा गर्दै आएको सम्मान कार्यक्रममा गतबर्ष पाँच जना बिशिष्ट क्षेणीसहित एसएलसी उत्तीर्ण ७६ जना मगर विद्यार्र्थीलाई सम्मान गरिएको थियो ।