फिफा बरियतामा नेपाल ६ स्थान तल झर्यो

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्यो

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ   असार ३१ ।  फिफा वरीयतामा नेपाल ६ स्थान खस्कँदै एक सय ८८औं स्थानमा झरेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ६ स्थान खस्किएको हो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल पाँचौं स्थानमा छ । दक्षिण एसियाली देशको शीर्ष स्थानमा रहेको अफगानिस्तान समग्रमा एक सय ५०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको भारत एक सय ५२औं, तेस्रो स्थामना आसीन माल्दिभ्स एक सय ७४औं स्थानमा छ ।

यसैगरी चौथो स्थानमा रहेको बंगलादेश एक सय ८३औं स्थानमा छ । छैटौं स्थानमा रहेको भुटान समग्रमा एक सय ९२औं स्थानमा छ । श्रीलंका एक सय ९३औैं स्थानका साथ सातौं र पाकिस्तान एक सय ९४औं स्थानका साथ आठौं स्थामना छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी