बेलायतमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी

बेलायतमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, असार ३१

नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानालाई २० रनले पराजित गर्दै नेपाले दोस्रो जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जसका लागि सागर पुनले ५५ रनको योगदान गरे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले मात्र २० बल खेल्दै चार चौकाको मदतमा ३८ रनको योगदान गरे । कप्तान पारस खड्काले आठ बल खेल्दै १५ रन बनाएका थिए । त्यस्तै राजेश पुलामी १३, राजु रिजाल २४, सुवास खकुरले ६ र विनोद भण्डारीले २ रनको योगदान गरेका थिए ।

नेपालले जम्मा १५ चौका र ३ छक्का प्रहार गरेको थियो । सागर, राजेश र राजुले एकरएक छक्का प्रहार गरेका थिए ।

१६३ रनको लक्ष्य पछ्याएको स्थानीय क्रिकेट कल्ब इन्डियन जिमखानाले पुरै आभर खेलेर सबै विकेट गुमाउँदै मात्र १४२ रन बनाएको थियो ।

इन्डियन जिमखानाका लागि पुनिट के मेराले सर्वा्धिक ४७ रन बनाएका थिए । त्यस्तै सदिक अम्रादीले २५, आदित्य आर्चियाले १५, भुपिन्दर सिंहले २४ रन बनाएका थिए ।

इन्डियन जिमखानालाई सस्तैमा समेट्न बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुईरदुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा मैत्रीपूर्ण खेल खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी