आज घरमा तुलसी रोप्दै हरिशयनी एकादशी मनाईंदै

आज घरमा तुलसी रोप्दै हरिशयनी एकादशी मनाईंदै

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, असार ३१
आज हरिशयनी एकादशी हिन्दू धर्मालम्बीहरुले आ–आफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गरी मनाउदै छन् ।

हरेक वर्ष आषढ शुक्ल एकादशीका दिन हरिशयनी मनाउने गरिन्छ । आजको दिन नुवाइ धुवाइ गरेर विहानै देखि ब्रत बसी साझ तुलसीको पुजा गर्ने चलन छ ।

आरोग्य दायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने प्रचलन रहेको छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ ।

भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ ।

यसै अवसरका पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ