सार्वजनिक संस्थानकोे निर्वाचन स्थगन गर्न माग

सार्वजनिक संस्थानकोे निर्वाचन स्थगन गर्न माग

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, ३० असार ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले सार्वजनिक संस्थानमा यथास्थितीमा घोषणा गरिएको निर्वाचनको स्थगन गर्न संयुक्त माग गरेको छ ।

सार्वजनिक क्षेत्रमा क्रियासिल नेपाल राष्ट्रिय कर्मचारी संगठन अन्तर्गतका संगठित समितीहरुले सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीलाई संयुक्त रुपमा आज माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।

समावेशी समानुपातिक निर्वाचनका लागि भन्दै ट्रेड युनियन ऐन २०४९, नियम २०५० र कार्याविधी २०५२ मा संसोधन गनुपर्ने र नयाँ आधारमा निर्वाचन मिती तोक्न उनीहरुको माग छ ।

यस्तै ट्रेड युनियन निर्वाचनको मोडलबारे राष्ट्रियस्तरमा क्रियासिल ट्रेड युनियनहरुको सहभागिता हुने गरि सामुहिक छलफलको माग समेत गरेको छ ।

आफ्ना माग पुरा नभए संघर्षका बिभिन्न कार्यक्रम अघि बढाउने संठगनको चेतावनी छ । निजामती प्रशासनमा भने यसअघि नै आधिकारिक टे«ड युनियनको निर्वाचन सम्पन्न भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ