लेटर ग्रेडिङमा थुप्रै त्रुटि रहेको विज्ञको भनाई

लेटर ग्रेडिङमा थुप्रै त्रुटि रहेको विज्ञको भनाई

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, ३० असार ।
सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् ।

त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले प्सल टू तह अध्ययन गर्ने अवसरबाट वन्चित हुनुपर्ने परिस्थिति आएको बताउँदै तत्काल सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले ‘शिक्षामा लेटर गे्रडिङ प्रणाली कार्यान्वय समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला तथा विज्ञहरुले सो कुरा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेकपा माओवादीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले सरकारले हचुवाको भरमा एसएलसी परीक्षामा गरेको लेटर ग्रेडिङले विद्यार्थीलाई बजारिया वस्तुको स्थितिमा पुर्याएको बताएका छन् ।

राज्यले बिना ठोस योजना ग्रेडिङ प्रणाली लागू गरेर दुर्गमका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराएको बताउँदै यो वातावरण तत्काल अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले वर्तमान लेटर गे्रडिङ तरिकाले शिक्षकलाई अल्छी र बद्मासी बनाउन सघाएको बताए ।

‘लेटर गे्रडिङमा थुप्रै कर्तुतहरु छन्, राज्यले यो कुरा सरोकारवालसँगको छलफलबाट टुंग्याउन सक्नुपर्छ’ प्रा.डा. कोइरालाले भने ।

त्यस्तै कार्यक्रममा प्राध्यापक तीर्थ पराजुलीले आधारभूत शिक्षा बृहत्मा आधारित हुनुपर्ने बताए । लेटर गे्रडिङका क्रममा अन्डरग्रेडिङको व्यवस्था नगरिँदा अहिलेको समस्या आएको बताए ।

राज्यले बिना ठोस योजना ग्रेडिङ प्रणाली लागू गरेर दुर्गमका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराएको उनीहरुको भनाई छ ।

डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई निजी कलेज र सीटीईभीटी भर्ना लिन मानिरहेको छैन । यसबाट करिब एक लाख पचास हजार विद्यार्थी प्लस टू वा सो सरहको शिक्षा अध्ययन गर्नबाट वन्चित हुने अवस्थामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी