भक्तपुर, ३० असार ।
केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट शुरु हुने श्रावणी मेला २०७३ को सम्पूर्ण तयारी सकिएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना कार्यान्वयनमा थप टेवा पु¥याउन र प्रचारप्रसार गर्ने उद्देश्यले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिकले हरेक वर्ष श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म मेलाको आयोजना गर्ने गरिएको छ ।
३८ दिनसम्म सञ्चालन हुने मेलामा विविध धार्मिक कार्यक्रममा करीव २० लाख खर्च हुने मूल आयोजक समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाइतुले बताउनु भयो ।
विकास समितिका सचिव मोहन बल्लका अनुसार श्रावण १ गते बिहान ७ बजे कलशयात्रा चन्द्रविनायक गणेश मन्दिर सु.न.पा.६ पौखेलबाट डोलेश्वर महादेव मन्दिर सम्म, श्रावण १ गते बिहान १० बजे उद्घाटन कार्यक्रम, श्रावण १ गते देखि ७ गते सम्म गणेश पुराण पंडित बिष्णुहरी बडालबाट, ८ गते देखि १४ गतेसम्म रास पञ्चाध्यायि स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजबाट, १५ गते देखि २७ गतेसम्म शिव पुराण पंडित उदयनारायण बास्कोटा शास्त्रिबाट, २८ गते देखि भाद्र २ गतेसम्म श्रीमद्भागवत पंडित शिवप्रसाद सापकोटाबाट, भदौ ३ गते धार्मिक प्रवचन पंडित दिवाकर भण्डारीबाट, ४ र ५ गते विभिन्न धार्मिक गुरुहरुबाट प्रवचन तथा ६ गते भव्य समारोहका बिच समापन हुने छ ।