काठमाडौं ,३० असार ।
काठमाडौं महानगरपालिकामा बितेको आर्थिक वर्षमा ४४ सय ४६ बालबालिकाको जन्म दर्ता भएको छ ।
महानगरले आज सार्वजनिक गरेको आफ्नो वार्षिक घटना दर्ताको विवरणमा जन्मदर्ता हुनेमध्ये बालकको संख्या २६ सय ९२ र बालिकाको संख्या १७ सय ५४ रहेको छ ।
गत बैशाखदेखि चैतमान्तसम्मको घटना दर्ता विवरण अनुसार एकवर्षको बीचमा २२ सय १९ जोडीले विबाहदर्ता गरेका छन् ।
यस्तै १२ सय ६६ जनाको मृत्युुदर्ता भएको छ । जसमध्ये मृत्यु दर्ता गर्नेहरुमा ७ सय ४७ पुरुष र ४७९ महिला रहेको रेकर्ड महनगरपालिकाले सार्वजनिक गरेको छ ।
एकवर्षमा ६ सय ९० परिवारले बसाइसराइ दर्ता गराएका छन् । यसैगरी १३ जोडीले समबन्धबच्छिेदको प्रमाणपत्र लिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
