काठमाडौं , ३० असार ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बस्नुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई कम बोल्न आग्रह गर्दै बिशेष निगरानी सुरु गरिएको डा जीवन क्षेत्रीले जानकारी दिनुभयो ।
डा केसीलाई हात खुट्टा बाँउडीने, मुटुको चालमा घटबड तथा श्वास प्रश्वासमा समस्या देखिन थालेको क्षेत्रीले जानकारी दिनुभयो ।
यद्यपी डा. केसीले लामो समयदेखि काम गर्दै आएको शिक्षण अस्पताल प्रसासनले भने उहाँको स्वस्थ्यमा कुनै चासो दिएको छैन ।
यसैबीच फेरबदल हुन लागेको सरकारका कारण आफ्नो आन्दोनल प्रभावित नहुने केसीले बताउनुभएको छ ।
चिकित्सा सेवामा सुधार, अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत आफूले राखेका ४ वटा माग पुरा नभएसम्म अनसन नरोकिने केसीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline