काठमाडौं, ३० असार।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई पितृशोक परेको छ।
गएराति उपचारका क्रममा केसीका पिता लालबहादुर केसीको ९८ वर्षको उमेरमा निधन भएको हो।
फोक्सोमा समस्या देखिएपछि केसीलाई पाँच दिन अघि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।
केसीका श्रीमती, पाँच छोरा र ६ छोरी छन्। कांग्रेस नेता केसी माइला छोरा हुन्। उनको आज पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline