सिफारिस न्यायधिसको सुनुवाइका लागि समितिको बैठक बस्दै

सिफारिस न्यायधिसको सुनुवाइका लागि समितिको बैठक बस्दै

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमान्डौ ,३० असार ।

संसदीय विषेश सुनुवाई समितिको बैठक आज बस्दै छ। बैठक सिंहदरवारमा केही बेर पछि सुरु हुनेछ ।

आजको बैठकमा सर्वाेच्च अदालतका लागि सिफारिस ११ जना न्यायधिसको सुनुवाई प्रक्रियाको मिति निर्धारण गरिने कार्यसुचि रहेको छ ।

उनीहरु माथि तिन वटा उजुरी परेको छ । ती उजुरीमाथि अध्ययन गरी प्रक्रियामा लैजाने वा नलैजाने भन्ने बारेमा पनि आजको बैठकले निर्णय गर्ने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

न्याय परिषदले गत फागुन १९गते पुनरावेदन अदालतका मुख्य न्यायधिसबाट ७ जना र कानुन व्यवसायीका तर्फबाट ४ जनाको नाम सर्वोच्च न्यायधिसका लागि सिफारिस गरेको थियो ।

पुनरावेदन बाट दिपक कार्की, आनन्द मोहन भट्राई, इश्वर खतिवडा, मिरा खड्का, शारदा घीमीरे, केदार चालिसे र विश्वम्बर श्रेष्ठ सिफारिसमा परेका छन् ।

अधिवक्ताहरुमा हरीकृष्ण कार्की, प्रकाश रावत, सपना मल्ल र अनिल कुमार ंिसन्हाको नाम पनि सिफारिस भएको छ ।

यस्तै बैठकले सुनुवाई लाई थप प्रभावकारी बनाउन तीन सदस्यीय कार्यदलले बुभाmएको प्रतिवेदन माथि पनि थप छलफल गरी अन्तीम रुप दिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ