नेपालद्धारा बेलायती टिम १२९ रनले पराजित

नेपालद्धारा बेलायती टिम १२९ रनले पराजित

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, ३० असार ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनले हराएको छ ।
नेपालले प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो ।
फ्रि फोरेस्टरलाई कम रनमै आउट गराउनमा बिक्रम सोप महत्वपूर्ण रहे । उनले चार विकेट लिए । यस्तै सन्दिप लामिछानेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ४० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रन बनाए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल खेल्ने छ ।

साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच वेलायतको लड्र्स मैदानमा खेल हुनेछ । लड्र्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठानेका छन् ।
यस्तो मौका बारम्बार नआउने भएकाले लड्र्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी