नेपालद्धारा फरेष्ट क्लबलाई २ सय ३४ रनको चूनौती

नेपालद्धारा फरेष्ट क्लबलाई २ सय ३४ रनको चूनौती

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २९ असार । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड विरुद्धको खेलको तयारीका लागी ईङल्याण्ड पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास खेल खेलिरहेको छ ।
४० ओभरको खेलमा पहिले व्याटीङ गरेको नेपालले स्थानीय क्लबलाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।
नेपालले पुरै ४० ओभरमा ९ विकेट गुमाएर उक्त योगफल तयार पारेको हो । शुरुमा राम्रो खेले पनि अन्तिम २२ रनका लागि नेपालले ५ विकेट खर्चेको थियो ।
अब केही बेरमा फोरेष्ट क्लबले जवाफी व्याटीङ थाल्ने छ । स्थानीय क्लवसँग ४० ओभरको ४ म्याच खेलपछि नेपाली टोली लर्डस् पुग्नेछ ।

त्यहाँ चर्चित ईङलिश क्लव मेरिलेबोन क्रिकेट क्लव एमसीसीसंग आगामी साउन ४ गते एक एक दिवसीय म्याच खेल खेल्नेछ ।

त्यसको भोलीपल्ट नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको २ सयांै वर्षगाँठको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी भएर नेपाली राष्ट्रिय टोली साउन ६ गते स्वदेश फर्कनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ