चार संकाय र पाँच संथानका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने

चार संकाय र पाँच संथानका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ,२९ असार ।
त्रिभुवन विश्वविद्यालयले ४२ औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने भएको छ ।

त्रिविले ४२ औं दीक्षान्त समारोहमा चार वटा संकाय र पाँच वटा अध्ययन संस्थान अन्तर्गत ८३ हजार ४ सय २५ जना विद्यार्थीलाई दीक्षित गर्ने निर्णय गरेको हो ।

४२ औं दीक्षान्त समारोहको मिति भने टुंगो लाग्न बाँकी छ । दीक्षान्त समारोह पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको त्रिविको ५७ औं वार्षिक बैठकले शिक्षाशास्त्र संकायबाट ३१ हजार ४ सय ८, व्यवस्थापन संकायबाट २७ हजार २ सय ३७, मानविकी संकायबाट १५ हजार ९ सय २७ र कानुन संकायबाट ८ सय ५७ जना विद्यार्थीलाई दीक्षित गर्ने निर्णय गरेको हो ।

बाँकी ७ हजार ९ सय ९४ जना विद्यार्थी भने विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका अध्ययन संस्थानसँग सम्बन्धित रहेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।

त्रिविका अनुसार ०७२ सालको जेठ १८ गतेदेखि ०७३ सालको असार १ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरु दीक्षित हुनेछ ।

त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् । हाल त्रिवि अन्तर्गत २ लाख ९८ हजार ९ सय ९० जना विद्यार्थी अध्ययनरत रहेको र त्यसमध्ये ४४ प्रतिशत छात्रा रहेको त्रिविले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी